सर्बोच्च अदालतका न्यायाधीश केसीले पाए अवकाश, सर्बोच्चमा दुई न्यायाधीश पद खाली
वि.सं.२०७९ जेठ १९ बिहीवार १५:२२
shares

काठमाडौं ।सर्वाेच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले बिहीबार देखि अनिवार्य अवकाश पाएका छन् । उमेर हदका कारण उनले अवकाश पाएका हुन् ।
केही फैसलाका कारण न्यायाधीश केसी विवादमा पनि परेका थिए । एनसेलको कर सम्बन्धि मुद्दामा उनले एनसेलको पक्षमा आदेश मात्र गरेनन् आफ्नो फैसलालाई डिफेन्ड गर्दै पत्रिकामा लेख समेत लेखेका थिए । साथै श्रीमती हत्या मुद्दामा सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालालाई साढे ११ वर्ष कैद छुट दिने फैसलामा पनि उनी संलग्न थिए ।
यस सँगै सर्वाेच्चमा न्यायाधीशका दुई पद रिक्त भएका छन् । यसअघि मिरा खड्काले अवकाश पाएकी थिइन् । रिक्त पदमा बढुवाका लागि न्याय परिषद्ले वस्तुगत मापदण्ड बनाई कार्यान्वायन गर्ने तयारी गरिरहेको छ ।





































