सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उधारो राष्ट्रपतिको आशामा पौडेल

572
shares

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा विघटित प्रतिनिधिसभाको पुर्नस्थापना भन्दा चुनावलाई नै महत्व दिँदै आएका थिए । तर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका केही नेताहरु भने प्रतिनिधिसभाको पुर्नस्थापनाको पक्षमा रहेका थिए । नेपाल कम्युनिष्ट पार्टी अनौपचारिक रुपमा विभाजिन भएको भए पनि विभाजनले औपचारिकता पाउन सकिरहेको छैन भने प्रतिनिधिसभा विघटनको मुद्दामा सर्बोच्च अदालतको सम्वैधानिक इजलासले विघटनलाई बदर गर्दै १३ दिन भित्रमा संसदको बैठक बोलाउन सरकारलाई आदेश समेत दिईसकेको छ ।

नेपाली कांग्रेस विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल समेत रहेको हुनाले उसले प्रतिनिधिसभाको विघटनलाई स्वागत गर्दै निर्वाचनमा जानु प्रतिपक्षी दलको धर्म भएपनि संस्थापन इतर पक्ष चुनावमा जान डराईरहेका थिए । नेकपाका पुष्पकमल दाहाल माधव नेपाल पक्षले चुनावमा जान चाहिरेको थिइनन् । त्यसैले उसले नेपाली कांग्रेसलाई समेत प्रतिनिधिसभाको पुर्नस्थापनकै पक्षमा उभिन आग्रह गरेको भएपनि सभापति देउवाले त्यसलाई इन्कार गरेपछि कांग्रेसका वरिष्ठ नेता पौडेल र सिटौलालाई प्रलोभनमा पार्ने प्रयास गरिरहेको थिए । पौडेललाई त दाहाल नेपाल पक्षले प्रतिनिधिसभा पुर्नस्थापना भएको खण्डमा राष्ट्रपति बनाईदिने आश्वासन समेत दिईसकेको देउवा पक्षको भनाई रहेको छ । कांग्रेसका लागि अहिले द्ुवै हातमा लड्डु रहेको थियो ।

प्रतिनिधिसभा विघटन सदर भएको भए आउँदो निर्वाचनमा कांग्रेस नै ठुलो पार्टी हुने सम्भावना देखिएको थियो । प्रतिनिधिसभा पुर्नस्थापना भएकोले दाहाल–नेपाल पक्ष र केपी ओली दुवै पक्षले देउवालाई प्रधानमन्त्री दिने उद्घोष गरिसकेका छन् । निर्वाचनमा कांग्रेस नै ठुलो पार्टी बन्न सक्ने अवस्था देखिएकोले कांग्रेसले पाँच वर्ष सरकार सञ्चालन गर्ने जिम्मेवारी पाउने भएकाले कांग्रेसले किन पुर्नस्थापनाको चाहना राखेको थियो त ?

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरु ४५ ठाउँमा थोरै मतान्तरमा हारेका छन् । ८ जना त एक हजार भन्दा थोरै मतले हारेका र अहिले नेकपा विभाजित अवस्थामा रहेको हुनाले ती ठाउँमा कांग्रेसकै जित हुने भएकाले कांग्रेसले निर्वाचनलाई रोज्नु उपयुक्त नै थियो । रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला लगायतका अन्य केही नेताहरु चुनावमा हारिने डरले चुनवामा जान चाहिरहेका थिएनन् । त्यसमा पनि पौडेललाई दाहाल नेपालले राष्ट्रपति बनाईदिने आश्वासन समेत दिएका थिए रे । पार्टी विभाजन हुँदा दाहालले झलनाथ खनाललाई समेत राष्ट्रपति बनाउने आवश्वासन दिएका हुनाले पौडेलले उधारो राष्ट्रपतिको आशा गर्नु आफैंलाई समाप्त पार्नु बाहेक अन्य केही हुन सक्दैनथ्यो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports