विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोल र डिजेलको रू १० घट्यो

1.5K
shares

काठमाडौं ।नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताए । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्य मार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकाशिएको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो । त्यसलाई हटाउन माग हुँदै आए पनि सरकारले बेवास्ता गर्दै आएको थियो । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports