विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेरो नेतृत्वमा नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको थियोः माधव नेपाल

767
shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको स्मरण गरेका छन् । २०६३ जेष्ठ २१ गते प्रतिनिधिसभा मार्फत मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो ।

अध्यक्ष नेपालले ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस’का सन्दर्भमा एक सन्देश जारी गर्दै आजको दिन मुलुकको सामाजिक रुपान्तरणको आन्दोलनमा महत्वपूर्ण दिन भएको बताए । दलितहरुलाई परिवर्तनको हिस्सेदार बनाउने उद्देश्यले गरिएको सो घोषणाले इतिहास देखि नै अपमानित जीवन व्यतीत गर्न बाध्य उत्पीडित दलित समुदायको मात्र नभइ सम्पूर्ण नेपालीको शीर उँचो भएको नेपालको भनाइ छ ।

नेपालको संविधानमा सबै प्रकारका भेदभाव तथा जातीय छुवाछूतजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा समावेश गरिएको स्मरण गर्दै अध्यक्ष नेपालले दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्था सहित राष्ट्रिय दलित आयोगको गठनको सुनिश्चितता गरेको बताए ।

‘छुवाछूतमुक्त राष्ट्र घोषणालाई हामीले अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न सकेका छैनौं । नेपालको संविधान, विद्यमान कानून र घोषणालाई चुनौति दिंदै देशका विभिन्न भागमा दलितमाथि हत्या, भेदभाव र बहिष्करणका घटनाले हामी सबैलाई लज्जाबोध गराएको छ’, जारी सन्देशमा भनिएको छ ।

जातीय छुवाछूत जस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट ठोस योगदान गर्न अध्यक्ष नेपालले अपिल पनि गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports