विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संघीय संसदको निर्वाचन पछि मात्र माओबादी केन्द्रले पदाधिकारी पाउँने

663
shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन सकिएको लामो समय सम्म पनि अन्य पदाधिकारी विस्तारमा चासो देखाएका छैनन्।

केन्द्रीय समिति बाट अध्यक्षमा निर्वाचित भएका प्रचण्डले चुनावअघि नै बहुपदीय प्रणालीमा जाने र पदाधिकारी विस्तार गर्ने बताइएको थियो। तर, स्थानीय निर्वाचनलाई अगाडि देखाएर उनले पदाधिकारी विस्तार नगरेका हुन्। माओवादी एमालेको ढाँचामा नै बहुपदीय प्रणालीमा जाने तयारीमा थियो। तर, महासचिवका विषयमा विवाद हुने भएपछि प्रचण्डले पदाधिकारी विस्तार नगरेका हुन्। आगामी चुनाव सम्म पनि उनले पदाधिकारी चयन गर्ने सम्भावना कम रहेको उच्च स्रोतले जनाएको छ।

महासचिवका लागि अर्थमन्त्री जनार्दन शर्मा र बर्षमान पुनको प्रसतिस्पर्धा हुने र चुनावअघि निर्णय लिएको खण्डमा माओवादीलाई समस्या पर्न सक्ने भएकाले प्रचण्डले अनिर्णित हुने चलाखी गरेको स्रोतको दाबी छ। ‘पार्टी भित्रको आन्तरिक विवादका कारण चुनावमा माओवादीमा अन्तरघात पनि हुन सक्ने सम्भावना देखेपछि प्रचण्डले निर्णय लिन नसकेका हुन्’, माओवादी स्रोतले भन्यो,‘आगामी संघीय चुनाव सम्म पनि माओवादी पदाधिकारी विहिन हुने सम्भावना ज्यादा छ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports