प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इम्बोस्ड नम्वर प्लेट लागु गर्ने निर्णय खारेज गर्न विश्वहिन्दू परिषदको माग

702
shares

काठमाडौं ।सवारी साधनमा प्रयोग गरिँदै आएको नेपाली भाषा तथा देवनागरी लिपि विस्थापित गरी इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारी निर्णय राष्ट्रहित विपरीत रहेको ठहर सहित विश्व हिन्दू परिषद (नेपाल)ले उक्त निर्णय रद्द गर्न माग गरेको छ ।

परिषदका महासचिव जितेन्द्र कुमार सिंहले सार्वजनिक अपिल जारी गर्दै सरकारको उक्त निर्णय असंवैधानिक र अव्यावहारिक रहेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । नेपालको संविधान २०७२ को धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख रहेको स्मरण गराउँदै महासचिव सिंहले विगत केही वर्षअगाडि पनि तत्कालिन सरकारले इम्बोस्ड नम्बर प्लेटको प्रयोग गर्न खोज्दा सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत् उक्त निर्णय कार्यान्वयनमा रोक लगाएको उल्लेख गरेका छन् ।

ज्ञात रहेस्, तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले १० फागुन २०७४ मा इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको थियो । नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर एमव् धराशायी बनाउने उद्देश्य सहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गरिनु नेपाली भाषा माथिको ठाडो प्रहार हो भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ- ‘देवनागरीमा लेखिएको नम्बर प्लेटलाई हटाएर अनिवार्य रूपमा अङ्ग्रेजी इम्बोस्ड नम्बर प्लेट लाद्न खोजिनु नेपाल र नेपालीका लागि अत्यन्त दुर्भाग्यपूर्ण हो । नेपाली भाषालाई विस्थापित गर्ने बाह्य षड्यन्त्रलाई सरकारको नेतृत्व गरिरहेका राजनीतिक नेतृत्वहरूले पूर्ण रूपमा साथ दिनु अत्यन्तै चिन्ताजनक एवं गम्भीर विषय हो ।’

निजी स्वार्थसिद्धिका लागि राष्ट्रविरोधी तत्वको प्रभावमा परी देशको भाषा र संविधानको मर्म माथि नै कुठाराघात गरिरहेको तथ्य नेपाली जनतालाई कदापि सैह्य नहुने परिषदको जिकिर छ । जनभावनाको कदर गर्दै यस्तो राष्ट्रहित विपरीतको निर्णय तुरुन्त रद्द गरी नेपाली भाषा-देवनागरी लिपिमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत् राख्न विश्व हिन्दू परिषद् (नेपाल)ले सरकार तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports