२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले छोडेर गएका कार्यकर्ताहरू फिर्ता आउन ढोका खुल्ला छ : अध्यक्ष ओली

702
shares

मोरङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ गते सत्ता गठबन्धन बारे गरेको भविष्यवाणीको समयअघि नै लक्षण देखिन थालेको बताउनुभयो । ‘पार्टीले निकालेका मन्त्रीलाई प्रधानमन्त्रीले कायम राखे पनि पार्टी निरीह भएर हेरेको हेर्‍यै छ,’ उहाँले भन्नुभयो ‘पार्टीले मन्त्री निकाल्यो तर निक्लिएनन् । पार्टीको हालत यस्तो भइसक्यो त्यसैले भविष्यवाणीको लक्षण देखिन थालेको छ, उहाँले भन्नुभयो ।

अध्यक्ष ओली एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको बताउनुभयो। विराटनगरमा पत्रका रसँगको कुराकानीमा शुक्रबार उहाँले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताउनुभएको हो। उहाँले भन्नुभयो , ‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन ।’

’स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले एमाले दोस्रो भए पनि लोकप्रिय मत प्राप्त भएको बाट एमाले एमाले नै रहने ओलीको भनाइ थियो । ‘६ दल मिले कुनै सिद्धान्त‚ विचार रहेन जसरी भए पनि एमालेलाई हराउने एक मात्र सर्त रह्यो,’ उहाँले भन्नुभयो ‘थोरै मतले सिट संख्याका आधारमा दोस्रो भयौं तर लोकप्रिय भोटमा एमाले अगाडि नै छ ।’ आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशवासीले अत्यधिक मतका साथ एमालेलाई जिताउने विश्वास व्यक्त गर्नुभयो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports