नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पर्सा जिससमा एमाले जसपा गठबन्धन बिजयी

559
shares

वीरगञ्ज – जिल्ला समन्वय समिति पर्साको पदाधिकारीका लागि सम्पन्न भएको निर्वाचनमा एमाले र जनता समाजवादी पार्टीबीचको गठबन्धनले जित हासिल गरेको छ। जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्य लगायत सबै पदमा एमाले जसपा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। समितिको प्रमुखमा गठबन्धनको तर्फ बाट उम्मेदवार रहेका जनता समाजवादी पार्टीका निरञ्जनप्रसाद सा सोनार १५ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सरोज चौरसियाले १३ मत प्राप्त गरे। उपप्रमुखमा गठबन्धनकै तर्फ बाट उम्मेदवार रहेका एमालेका पुरनप्रसाद कुर्मी १५ मत प्राप्त गरी जित हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कुमारी सोनीले १३ मत ल्याइन्। सदस्यमा पनि एमाले जसपा गठबन्धन बाट उम्मेदवारी दिएका जसपाका विजय राउत कुर्मी, एमालेका रामप्रसाद यादव, एमालेकै सलिल मियाँ अन्सारी विजयी भएका छन्।

दलित वा अल्पसंख्यक पदमा पनि गठबन्धनको तर्फ बाट उम्मेदवारी दिएकी एमालेकी सुशीला कामी १५ मत ल्याउँदै विजयी भइन्। जिल्ला समन्वय समिति पर्साको शुक्रबार सम्पन्न भएको निर्वाचनमा जम्मा २८ मत खसेको थियो। जिल्लामा रहेका १४ वटै स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरेका थिए। यसअघि ०७४ सालमा सम्पन्न भएको जिसस निर्वाचनमा पनि जसपाकै उम्मेदवार नेक महम्द अन्सारी प्रमुखमा जितेका थिए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports