नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बजेट पारित हुना साथ मन्त्रिपरिषद हेरफेर हुने

546
shares

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्रिपरिषदको पुनर्गठन गर्ने भएका छन् । सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री बनाउने निर्णय तत्काल कार्यान्वयन गर्नलाई दवाव दिए पनि प्रधानमन्त्री देउवाले भने बजेट पारित भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने योजनामा रहेको बताइएको छ ।

शुक्रबार मात्रै नेकपा एसका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन नगरे गठबन्धन तोड्ने चेतावनी समेत दिएका छन् । उनले प्रधानमन्त्री देउवालाई निर्णय तत्काल कार्यान्वयन गर्न दवाव दिएका हुन् । बालुवाटार स्रोतले भने अन्य पार्टीले पनि मन्त्री हेरफेरको तयारी गरेको जनाएको छ । बजेट पारित भएपछि अर्थमन्त्री फेर्ने बताइएको छ । जसमा हालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्री सहित अर्थमन्त्रालयको जिम्मा दिइने तयारी गरिएको बताइएको छ ।

यसरी अर्थमन्त्री कांग्रेसले राख्ने र गृहमन्त्री माओवादीलाई दिइने स्रोतको दावी छ ।माओवादी बाट पनि उपप्रधानमन्त्री सहित नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउन लागिएको चर्चा पनि सुरु भएको छ । यद्यपि यसमा भने माओवादी भित्रै फरक मत रहँदै आएको छ । एमसीसीका सन्दर्भमा नारायणकाजी पक्षले पार्टीमा फरक मत राखेको छ र बैठकमा छलफलको माग गरेको छ ।

उता अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री श्रेष्ठलाई दिएर पार्टीको महासचिव लगायतको पदाधिकारी टुंग्याउन लागेको पनि बताइएको छ । त्यस्तै, नारायणकाजीले एमसीसीका बारेमा विरोध गरेपछि पार्टी फुटाउने त्रासले उनकै नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउने माओवादीको तयारी रहेको विश्लेषण गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports