सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपाले काग्र्रेस माओवादीलाई साथ नदिने

481
shares

काठमाडौ । प्रधानमन्त्री केपी ओलीलाई हटाउन कम्मर कसेका राजनीतिक दल नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको जनता समाजवादी पार्टीबीच सहमति हुन सक्ने सम्भावना क्षीण हुँदै गएको छ । नेपाली कांग्रेसका सभापतिले नै संसदमा रहेको संसदीय गणितलाई आंकलन गरेर बसेका छन् । कांग्रेसले सरकारको नेतृत्व आफैँले लिने निर्णय पार्टीको केन्द्रीय समितिबाट गराएको भएपनि सो निर्णय कार्यान्वयन हुन सक्ने सम्भावना न्यून हुँदै गएको हुनाले नै माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा संविधानको धारा ७६ को २ अनुसारको दुई दल वा सो भन्दा बढी दलको सहमतिमा सरकार निर्माण हुन नसकेको खण्डमा संविधानको धारा ७६ को ३ अनुसारको सरकार बन्न सक्छ । सो धारामा संसदमा रहेको सबै भन्दा ठुलो पार्टीले सरकार बनाउन पाँउछ । यदि त्यसो भएको खण्डमा केपी ओली नै संसदमा सबै भन्दा ठुलो पार्टीका संसदीय दलका नाताले प्रधानमन्त्री बन्नेछन् भने उनले समेत संसदमा विश्वासको मत लिन नसकेको खण्डमा उनले प्रतिनिधिसभाको विघटन गर्न पाउने छन् । त्यही कारणले गर्दा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आएपनि अहिले सम्म समर्थन फिर्ता लिन सकेको छैन ।

संसदीय गणित अनुसार नयाँ सरकार निर्माणको लागि नेपाली कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग सामान्य बहुमत रहेपनि जनता समाजवादी पार्टीभित्र समेत आन्तरिक विवाद रहेको छ । जनता समाजवादी पार्टी दुई दल मिलेर गठन गरिएको भएपनि अहिले तत्कालिन संघीय समाजवादी पार्टी, कांग्रेस र माओवादीसँग मिल्नुपर्दछ भन्ने अडानमा रहेको छ भने तत्कालिन राष्ट्रिय जनता पार्टी ओली सरकारकै पक्षमा रहेको जस्तो देखिएको छ । जनता समाजवादी पार्टीले आफ्ना माग र मुद्दाहरु जुन पक्षले सम्बोधन गरिदन्छ त्यसैलाई सहयोग गर्ने भन्दै आएको भएपनि यथार्थ भने अलग रहेको छ ।

पार्टीभित्र उपेन्द्र यादव र महन्थ ठाकुरको पक्षमा सांसदहरु बाँडिएका हुनाले अहिले सम्म कुनै ठोस निर्णय गर्न नसकेकै कारण नेपाली कांग्रेसका सभापति नयाँ सरकार निर्माणका लागि अग्रसरता लिन चाहिरहेका छैनन् । नेपाली कांग्रेसभित्रपनि नेताहरुबीच एकमत हुन नरहेको हुनाले सभापति देउवाले संस्थापन इतर पक्षका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै ठाकुरलाई मनाउने जिम्मा दिएका छन् । त्यही क्रममा पौडेलले ठाकुरसँग भेट गरेपनि त्यसले ठोस निर्णय लिन सकेको छैन । जनता समाजवादी पार्टीले समेत आफ्नै नेतृत्वमा सरकार बनाउने आवाज उठाएको भएपनि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हुनाले जसपाले नयाँ सरकार बनाउने कार्यलाई ध्यान दिएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports