विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजको मौसम उच्च तापक्रम सगै भारी बर्षा हुने सम्भावना

611
shares

काठमाडौं ।हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश नं १ तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। गण्डकी, बाग्मती तथा प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मंगलबार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली बाँकी भू-भागहरूमा आंशिक देखि मौसम सफा रहनेछ । प्रदेश नं १ का धेरै, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन हुन सबैमा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । प्रदेश नं १ तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको तराइका भू-भागहरूमा तापक्रम बढ्दो क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports