प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपीमा सामेल हुन कुनै देशलाई नभनेको अमेरिकी दूतावासको स्पष्टीकरण

715
shares

काठमाडौं । अमेरिकाको नेपाल स्थित दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको स्पष्टीकरण दिएको छ । यो कार्यक्रमका लागि कुनै देश बाट माग भएमा भने सम्बोधन गर्ने गरेको दूतावासको भनाइ छ ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता बारे नेपालका विपक्षी सँगै सत्तारुढ दलहरुले प्रश्न उठाएका छन् । त्यही बेला अमेरिकी दूतावासले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ, ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुक बीचको एक आदानप्रदान कार्यक्रम हो । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद् विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ ।’

आँधीबेहरी देखि भूकम्प, बाढी र डढेलो सम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहेको भन्दै दूतावासले भनेको छ, ‘यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports