२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने घोषणा

819
shares

काठमाडौं । सरकारले पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार संसदमा बोल्दै यस्तो जानकारी गराएका हुन् । अहिले सुगममा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने ननप्रेसराइज जहाज २० वर्ष पुराना भएमा किन्न नपाउने नियम छ । यसलाई घटाएर अब १० र १५ वर्ष कायम गर्ने तयारी सरकारले गरेको मन्त्री आलेले जानकारी दिए ।

संसदमा पुराना जहाज किन्ने र त्यसले दुर्घटना हुने गरेको भन्दै प्रश्न उठेको थियो । यस बारे बोल्दै मन्त्री आलले नियमनकारी निकाय, जहाज निर्माता कम्पनीले निर्धारण गरेको अन्तर्राष्ट्रिय मापदण्ड भित्र रहेर जहाजका पार्टपूर्जा निश्चित अवधि भित्रै परिवर्तन गर्ने भएकाले जहाज निश्चित समयमा मात्र पुरानो हुने जानकारी गराए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports