अर्घाखाँचीमा अन्तर्घात गरेको आरोपमा कांग्रेसका जिल्ला उपसभापति सहित १० जना निलम्बित
वि.सं.२०७९ असार ४ शनिवार २०:१४
shares

बुटवल ।स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा अर्घाखाँचीमा नेपाली कांग्रेसका जिल्ला उपसभापति सहित १० जना निलम्बित भएका छन् । पार्टीका जिल्ला उपसभापति बाबुराम पौडेल, पूर्व क्षेत्रीय सभापति मणिराम पौडेल सहितलाई साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निलम्बन गरेको कांग्रेसको जिल्ला समितिले जनाएको छ ।
निलम्बन हुने अरुमा पाणिनी गाउँपालिका–८ का पूर्व सभापति यज्ञप्रसाद पौडेल, भुमिकास्थानका नगरपालिका सचिव तारा घिमिरे, ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णु मरासिनी र हरिप्रसाद मरासिनी रहेका छन् ।
महाधिवेशन प्रतिनिधि सिर्जना विक, पाणिनी–८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरेको कांग्रेसको अनुशासन समिति अर्घाखाँचीले जनाएको छ ।स्थानीय निर्वाचनमा विभिन्न वडा बाट आएका सिफारिसको आधारमा ६ महिना देखि १ वर्ष सम्मका लागि निलम्बन गरेको छ ।








































