तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हामीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेका छौ: अध्यक्ष सुवेदी

689
shares

देश संघीय संरचनामा गएर तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ । केन्द्रका धेरै शैक्षिक अधिकारहरु स्थानीय तहमा आइसकेका छन् यसैअनुरुप प्याब्सनले पनि पहिलोपटक संघीय संरचना अनुसार आफ्नो संगठन निर्माण कार्यलाई तिव्र बनाइरहेको छ यही क्रममा केही दिन अघि मात्रै गोकर्णेश्वर नगरपालिका मा पनि मदन सुवेदीको अध्यक्षतामा नगर कमिटी निर्माण भएको छ उनै सुवेदी सँग उहाँको अबको योजना, देशको शैक्षिक विकासमा निजि क्षेत्रले खेलिरहेको भुमिका र समग्र शैक्षिक क्षेत्रसँग सम्बन्धित रहेर ग्लोबल खवरले गरेको कुराकानीको अंश ।

प्याब्सन गोकर्णेश्वरको अध्यक्ष निर्वाचित हुनुभएको छ आगामी योजनाहरु केके छन् ?

सर्वप्रथम देश संघीय संरचना मा गएर तीन तहका निर्वाचन समेत सम्पन्न भइसकेको छ । हिजो शिक्षा मन्त्रालय र जिल्ला शिक्षाले गर्ने कतिपय शैक्षिक अधिकार समेत स्थानीय सरकारलाई दिइसकेको अवस्थामा अब प्याब्सनले पनि पहिलोपटक संघीय संरचना अनुसार नै सांगठनिक संरचना निर्माण गरेर अघि बढ्दै छ त्यहीँ क्रममा केहि दिन अघि मात्रै हाम्रो गोकर्णेश्वर नगरपालिकामा पनि मेरो नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । त्यसैले हाम्रो पहिलो उदेश्य भनेको स्थानीय सरकारलाई शैक्षिक बिकासको लागि विभिन्न योजनाहरुको निर्माण र त्यसको कार्यान्वयनमा सहयोग पुर्याउनु हो, दोस्रो कुरा स्थानीय तह भित्र संचालित निजि विद्यालयहरु मात्रै नभइ सरकारी विद्यालय हरुसँग पनि सहकार्य र समन्वय गरेर स्थानीय तहको अनुकूलतामा शैक्षिक बिकासका लागि योगदान पुर्याउने नै हो । अहिले स्थानीय सरकार र स्थानीय आवश्यकताअनुसार गोकर्णेश्वरको शिक्षाको स्तर उठाउन हामीले केके गर्न सक्छौ भन्ने कुरामा नै हामी केन्द्रित छौ ।

अभिभावकहरुले विद्यार्थिको लागि चाहिने शैक्षिक सामग्री देखि पोसाक सम्म विद्यालय बाट नै खरिद गर्नुपर्ने चाहिँ किन ?
यो चाहिँ विद्यालयको स्वार्थका लागि होइन अभिभावक हरुलाइ नै सहज होस् भनेर हो । जब शैक्षिकसत्र सुरु हुन्छ अभिभावक हरुलाइ शैक्षिक सामग्री र पोसाक जुटाउन नै मुस्किल पर्छ । भनेको बेला पुस्तक पाइँदैन पाए पनि एकै ठाउँमा पाइँदैन त्यस्तै पोसाक पनि विद्यालयले तोकेको पोसाक सबैतिर पाइँदैन अर्डर दिन पर्ने हुन्छ धेरै समय कुर्नुपर्छ त्यसो गरिरहनु भन्दा विद्यालयले आफैले आफ्ना विद्यार्थीहरुको लागि चाहिँने पुस्तक र पोसाक लगायतका सामग्री हरु खरिद गर्दा केहि सस्तो पनि पर्न जान्छ अभिभावकहरुलाइ अन्त भौतारिरहनु पनि पर्दैन त्यसैले यो विद्यालयले नाफा खानका लागी होइन अभिभावक हरुलाइ नै सजिलो होस् भनेर गरिएको हो र उहाँहरूले बाहिरै बाट ल्याउनु हुन्छ भने पनि विद्यालयले आफुसँगै किन्नुपर्छ भन्दैनन र भन्न मिल्दैन पनि ।

निजी विद्यालयहरुले शिक्षक कर्मचारी हरुको श्रम शोषण गरे भन्ने कुरा बेला बेलामा मिडियामा आइरहन्छ नि ?
तपाईंले भनेको कुरा कहिँ कतै भएको पनि हुनसक्छ तर शिक्षक कर्मचारी हरुको सेवा सुबिधा सम्बन्धि प्याब्सनको आफ्नै मापदण्ड छ हामी त्यही अनुसार चलिरहेका छौ र कतै श्रम शोषण भएको छ भने पनि त्यसको अनुगमन गरेर हामी मापदण्डको दायरामा ल्याउँछौ ।

निजि विद्यालयहरु सेवा भन्दा पनि नाफामुखी भए भन्ने आरोप छ नि ?
पहिलो कुरा हाम्रो उदेश्य नेपालको शैक्षिक बिकासको लागि निजि क्षेत्रबाट सक्ने योगदान पुर्याउने नै हो सँगसँगै अर्को सत्य के हो भने जुनसुकै क्षेत्रमा पनि कसैले लगानी गर्छ भने उसले केहि उपलब्धि होस भनेर नै गरेको हुन्छ उसले आफ्नो व्यावसायिक स्थाइत्व खोज्छ नै त्यसकारण निजि क्षेत्रले लगानी गरेर एकोहोरो सेवा मात्रै दिनुपर्छ भन्ने त सम्भव हुँदैन तर नाफामुखी मात्रै पनि हुन मिल्दैन ।

पछिल्लो समय प्याब्सनमा पनि राजनीतिक क्षेत्रको प्रभाव देखिन्छ नि ?
पहिलो कुरा सबै मान्छेहरुको फरकफरक विचार, दृष्टिकोण र सिद्धान्त हुन्छन् अझ शिक्षक त एउटा शिक्षित र सचेत नागरिक भएकोले राजनैतिक चेतना हुनु स्वभाविक हो, त्यसैले प्याब्सन भित्र रहेका साथीहरू पनि कुनै न कुनै राजनीतिक पार्टी सँग निकट हुनुहोला तर प्याब्सन भित्रका क्रियाकलाप हरुमा चाहिँ राजनैतिक गन्ध आउन हुँदैन भन्ने मेरो विचार हो ।

निजि बिधालयहरुबाट उत्पादित विद्यार्थीहरु विदेशी युनिभर्सिटीहरुमा मात्रै फिट भए देशका लागि योगदान दिने ठाउँमा चुके भन्ने आरोप छ नि ?
पहिलो कुरा त विदेश जाने विद्यार्थीहरु निजि क्षेत्रबाट उत्पादित मात्रै हुन् भन्नू नै गलत हो । आज देशमा हेर्नुभयो भने प्राय सबै मानिसहरू बिदेश जान चाहान्छन देशमा बेरोजगारीको समस्या भयावह स्थितिमा छ, त्यसैले आज हरेक क्षेत्रको नेपाली अवसरको खोजीमा बिदेशिन्छ यो एउटा बाध्यता पनि हो । निजि विद्यालयको जुन कुरा उठाउनु भो विदेश जाने बेला विशुद्ध भाषागत हिसाबले संस्थागत बिधालयका विद्यार्थीहरु अंग्रेजी भाषामा अरुभन्दा केहि अगाडि छन् त्यसैले उनीहरुलाई केही सहज चाहिँ छ तर विदेश जाने मानसिकता चाहिँ निजि बिधालय पढेर भएको होइन । त्यसैले हामीले विदेश जाने म्यानपावर उत्पादन गरेको होइन बरु के चाहिँ हो भने केहि गरि विदेश जानै पर्यो भने पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका योग्य म्यानपावर चाहिँ उत्पादन गर्यौ तर फेरि पनि हाम्रो उदेश्यचाहिँ विदेश जाने म्यानपावर उत्पादन गर्नु होइन र छैन पनि ।

अब थोरै प्रसंग बदलौ, तपाई आकाशदिप विद्यालयको प्रधानाध्यापक पनि हुनुहुन्छ आकाशदिपको पृष्ठभुमि बताइदिनोस न
आकाशदिप विद्यालय २०५९ सालमा सबै क्षेत्र, बर्ग र समुदायका बालबालिका हरुले शिक्षा पाउनुपर्छ र नेपालको शैक्षिक बिकासमा हामीले पनि सक्ने योगदान दिनुपर्छ भन्ने उदेश्यका साथ स्थापना गरियो त्यसपछि हामीले हाम्रो तर्फबाट गर्ने कुराहरू मा कुनै कन्जुस्याइँ नगरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आयौ अभिभावक र समुदायको पनि विश्वास जित्न सफल भयौ र अभिभावक र समुदायको पनि राम्रो साथ पायौं त्यसैको फलस्वरूप आज हामी निमावि बाट मावि हुँदै उच्च मावि सम्म आइपुगेका छौ र बिस्तारै स्नातक पनि संचालनमा ल्याउने छौ ।

बिधालयलाई समुदायको सहयोग कस्तो छ ?
अब समुदायको सहयोग बिना त कुनै पनि संघ संस्था चल्न सक्दैनन । म्यानेजमेन्टको सिद्धान्तमा पब्लिक रिलेसन भन्ने हुन्छ । हाम्रो बिधालयलाई समुदायले आफ्नै सोचेर साथ सहयोग दिँदै आइरहेको छ हामी आफै पनि हरेक हिसाबले समुदाय सँग जोडिएका छौ । उहाँहरुले बेला बेलामा हामीलाई गाली पनि गर्नुहुन्छ, सुझाव दिनुहुन्छ त्यो भनेको उहाहरुको हामिप्रतीको विश्वास र मायाले गर्दा हो ।

अभिभावकहरु तपाईंको बिधालयप्रती विश्वसनीय हुने आधारहरु केके छन् ?
अहिलेको यो परिस्थितिमा अभिभावकहरुले विभिन्न दुख गरेर विदेश गएर अन्य कुरामा कम्पोर्माइज गरेर भएपनि शिक्षामा लगानी गर्न चुक्नुभएको छैन नेपालमा अहिले प्रत्येक दिन लाखौं सिरानी भिज्छन त्यो सिरानी भिज्नुको कारण आफ्नो सन्ततिलाई असल शिक्षा स्वास्थ दिनका लागि धेरै अभिभावकहरु आफ्नो घर परिवार सँग बिछोडिएर विदेश जानुभएको छ घर छोड्नु भएको छ यस्तो अवस्थामा पनि उहाँहरूले हामी प्रति विश्वास गरेर आफ्नो बालबालिका हामीलाई जिम्मा लगाउनु भएको छ भने हामीले उहाँहरूको विश्वासलाई तोडनु हुँदैन र हामीले अहिलेसम्म त्यो विश्वासलाई जोगाउँदै आइरहेका पनि छौ त्यसैले नै अहिलेसम्म उहाँहरुले हामीलाई यतिधेरै माया र विश्वास गर्नुभएको छ विश्वास जितेर नै हामी चलिरहेका छौ ।

सबै बिद्यालयहरुले आफू अरुभन्दा फरक छौ भन्छन् आकाशदिप विद्यालय कुन अर्थमा अरुभन्दा फरक छ ?
फरक भन्दाखेरी हामी अरुभन्दा पुरै भिन्न र फरक छौ नै त हामी भन्दैनौ तर हामीले हाम्रो तर्फबाट केही फरक कुराहरू चाहिँ गरिरहेका छौ । हामी यहाँ विद्यार्थीहरुलाइ ज्ञान मात्रै होइन असल संस्कार पनि दिइरहेका छौ । हामी हाम्रा विद्यार्थीहरुलाइ फगत किताबी ज्ञान मात्रै दिइरहेका छैनौ तल्लो कक्षाहरुमा बालमनोविज्ञान अनुसार मन्टेश्वरी पद्धतिबाट पढाइरहेका छौ त्यस्तै सबै कक्षाका विद्यार्थीहरुलाइ नृत्य र योगा सिकाइरहेका छौ त्यस्तै नेतृत्व क्षमताको बिकास गर्न सहयोग पुग्ने खालका कार्यक्रम हरु गर्ने सामाजिक उत्तरदायित्व बहन गर्न सिकाइरहेका छौ । समय समयमा अभिभावकहरु साथै स्थानीय समुदाय र राजनीतिक दलहरू सँग अन्तर्क्रीया गर्ने हरेक कार्यक्रम गर्दा समुदायमा जोडिएर गर्ने लगायतका धेरै कामहरू हामीले गरिरहेका छौ ।

अन्त्यमा
अन्त्यमा निजि क्षेत्रले विभिन्न समस्याका पहाडहरु चिर्दै र विभिन्न बाधा अड्चन पार गर्दै नेपालको शैक्षिक बिकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ त्यसका लागि सम्पुर्ण अभिभावक तथा समुदायको हामि प्रतीको माया, ममता, विश्वास र अटुट साथले हामीलाई प्रेरणाको काम गरेको छ । हामी आगामी दिनहरूमा अझै सशक्त र प्रभावकारी ढंगले विभिन्न क्षेत्र र समुदाय हरुसँग सहकार्य र समन्वय गर्दै देशको शिक्षाको बिकासका लागी निरन्तर लागिरहने छौ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports