प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हैजा रोकथाम गर्न स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन

624
shares

काठमाडौं ।काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो ।

काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि टोलीले काम गर्ने अधिकारीले बताए । ‘ हैजाको केश जहाँ पत्ता लाग्छ । त्यस वरिपरिका हैजाका लक्षण भएका अन्य बिरामी भए नभएको एकिन गर्ने काम गर्छ,’ अधिकारीले भने,’ कस्तो खानेकुरा वा खानेपानी सेवन गर्छन् जस्ता कुराहरु अनुगमन गर्ने र नुमना संकलन गर्ने काम गरिन्छ ।’

काठमाडौंमा हाल सम्म चार जनामा हैजा पुष्टि भएको छ । बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन भइसकेको छ ।‘चारवटा केसको ट्रेस भइसकेको र बागबजार क्षेत्रको पानी परीक्षण गर्न ल्याबमा पठाएको छ । ल्याब रिपोर्ट आउन बाँकी छ,’ उनले भने । बागबजारमा पुष्टि भएको हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports