न्यायाधीश-अधिवक्ता अडियो प्रकरणमा न्यायपरिषदद्धारा तिन संदस्यीय छानविन समिति गठन
वि.सं.२०७९ असार ८ बुधवार १६:००
shares

काठमाडौं । न्यायाधीश घुस प्रकरणका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।
बुधबार बसेको न्याय परिषद्को बैठक बाट परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । छानबिन समितिका दुई सदस्यको नाम भने खुलाइएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेलबीच इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको संवाद भन्दै सार्वजनिक भएको अडियोका विषयमा छानबिन गर्न समिति गठन गरिएको हो ।





































