मन्त्री पद जाने भएपछि मन्त्री आलेद्धारा राजिनामाको घोषणा
वि.सं.२०७९ असार १० शुक्रवार १७:३६
shares

काठमाडौं – पर्यटन मन्त्री प्रेम आलेले ४८ घण्टा भित्र राजिनामा दिने बताएका छन । आफ्नो पार्टी नेकपा एकिकृत समाजवादीको पोलिट्यूटो बैठकमा मन्त्री आलेले राजिनामा दिने बताएको एक नेताले जानकारी दिए । उनले पार्टी निर्णय छापामार शैली वाट आएको भन्दै आफ्नो आत्मसम्पानमा चोट पुगेको बताए ।
बैठक पछि पार्टी उपाध्यक्ष एवं वागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भोली साँझ सम्म नयाँ मन्त्री आउने बताए । चार मन्त्री फिर्ता बोलाउने निर्णय गरेको समाजवादीले प्रधानमन्त्रीलाई नयाँ मन्त्रीहरुको सुचि बुझाइ सकेको छ । पार्टी निर्णय प्रति १० सांसदले असन्तुष्टि प्रकट गर्दै पत्र बुझाए पछि विवाद चर्किएको छ ।


































