मेलम्चीको पुल बाढीले क्षति, मध्यरातमा घर छोडेर ज्यान बचाए स्थानीयले
वि.सं.२०७९ असार ११ शनिवार ०९:२६
shares

सिन्धुपाल्चोक ।गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।
बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताए ।
गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा क्षति पुगे सँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए। यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।






































