kumari
stcnepal

भारतको उत्तर प्रदेशमा कानून संसोधन हुदै, जेलमा रहेका ब्यातिहरूलाई रिहा हुन सहज

काठमाडौँ।भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले आजीवन काराबासको सजाय संशोधन गर्ने भएको छ । हालको कानून अनुसार चालचलन ठीक भएका कैदीलाई २० वर्ष कैद भोगेको र ६० वर्ष उमेर पुगेको अवस्थामा रिहा गर्ने गरिएको छ । जसले गर्दा कम उमेरमै जेल परेका कैदीले रिहा हुन ६० वर्ष उमेर हुँदा सम्म पर्खिनुपर्ने अवस्था छ ।

अब योगी सरकारले ६० वर्षे उमेर सम्बन्धी प्रावधानलाई हटाउने भएको छ । २० वर्ष कैद भोगेका र चालचलन ठीक भएका व्यक्तिलाई कम उमेरमै पनि रिहा गर्ने गरी प्रबन्ध गर्न लागिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उदाहरणका लागि २५ वर्षको उमेरमा आजीवन काराबासको सजाय भएका व्यक्तिले ४५ वर्ष पुग्दा सम्म २० वर्षे सजाय पूरा गर्छन् तर उनले रिहा हुन ६० वर्ष पर्खिनुपर्ने थियो । कानून संशोधन भएपछि ती व्यक्ति अब देखि ४५ वर्षमै रिहा हुन पाउनेछन् । एजेन्सी

 

 

footer