विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको उत्तर प्रदेशमा कानून संसोधन हुदै, जेलमा रहेका ब्यातिहरूलाई रिहा हुन सहज

520
shares

काठमाडौँ।भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले आजीवन काराबासको सजाय संशोधन गर्ने भएको छ । हालको कानून अनुसार चालचलन ठीक भएका कैदीलाई २० वर्ष कैद भोगेको र ६० वर्ष उमेर पुगेको अवस्थामा रिहा गर्ने गरिएको छ । जसले गर्दा कम उमेरमै जेल परेका कैदीले रिहा हुन ६० वर्ष उमेर हुँदा सम्म पर्खिनुपर्ने अवस्था छ ।

अब योगी सरकारले ६० वर्षे उमेर सम्बन्धी प्रावधानलाई हटाउने भएको छ । २० वर्ष कैद भोगेका र चालचलन ठीक भएका व्यक्तिलाई कम उमेरमै पनि रिहा गर्ने गरी प्रबन्ध गर्न लागिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उदाहरणका लागि २५ वर्षको उमेरमा आजीवन काराबासको सजाय भएका व्यक्तिले ४५ वर्ष पुग्दा सम्म २० वर्षे सजाय पूरा गर्छन् तर उनले रिहा हुन ६० वर्ष पर्खिनुपर्ने थियो । कानून संशोधन भएपछि ती व्यक्ति अब देखि ४५ वर्षमै रिहा हुन पाउनेछन् । एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports