२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपीका लागि भएका सबै पत्र संसदमा प्रस्तुत गर्न सरकारलाई सुवास नेम्वाङको आग्रह

754
shares

काठमाडौं ।नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि भएका सबै पत्र संसदमा प्रस्तुत गर्न सरकारलाई आग्रह गरेका छन् ।

एसपीपीमा विवाद भएपछि केपी शर्मा ओली प्रधानमत्री भएको १५ दिन पछि नेपाली सेनाका प्रधानसेनापतिले २०१५ मा अमेरिकी दूतावासलाई देखेको पत्र सार्वजनिक भएको बताए । तर तत्कालीन प्रधानमन्त्री ओलीले पत्र पठाउँदा आफूलाई नसोधिएको मात्र बताएका छन्, पत्रको वैधानिकतामा प्रश्न गरेका छन् ।

संसद दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा पूर्व सभामुख समेत रहेका नेम्वाङले यो विषयलाई यत्तिकै छाड्न नहुने बताए । उनले अघि भने, ‘सम्पूर्ण चिठीहरु रक्षा मन्त्रालयमा छ । मेरो आग्रह छ, सबै चिठी खारकखुरुक संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू । जोजो संलग्न छन्, देखिन्छ नि ।’

आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यही भनेको र उनले आउनुस् न कुरा गरौंला भनेको उनले सुनाए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports