२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै

858
shares

काठमाडौं ।नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको परिचालन समितिको बैठक दिउँसो १ बजे बाट केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो ।

उक्त समितिमा शीर्ष तह बाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला बाहेकका सबै शीर्ष नेताहरु छन् । खड्का नेतृत्वको समिति ५६ सदस्यीय गठन भएको थियो ।

स्थानीय तहको निर्वाचनको समग्र विषयमा छलफल गर्न बैठक बोलाइएको संयोजक खड्काले जानकारी दिए । ‘निर्वाचन सकिएको छ । त्यसकै बारेमा छलफल गरि प्रतिवदेन तयार गर्न बैठक बोलाइएको हो ।’ खड्काले भने,‘निर्वाचन परिचालन समितिको अन्तिम बैठक जस्तै हो ।’

निर्वाचनमा पार्टीको कमजोरी, तालमेलको प्रभावकारिता,पार्टी भित्रका समस्या लगायतमा छलफल गरेर प्रतिवदेनलाई अन्तिम रुप दिने केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । ‘समितिमा रहेका सबैलाई प्रतिवेदन पठाइसकिएको छ । त्यसमा केही संशोधन गर्नुपर्ने भए परिमार्जन गरि तयार गर्ने कार्य हुन्छ ।’ महरले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports