प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निष्कर्ष

611
shares

काठमाडौं ।नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदन अनुसार स्थानीय चुनावमा गठबन्धनले कार्यकर्ता र उम्मेदवार स्वयंलाई मानसिक रुपमा बलियो बनाएको थियो ।

यद्यपि केन्द्रमा भएको सहमतिलाई स्थानीय तहमा स्वभाविक रुपमा स्वीकार गर्न नसकेको, सहयोगको भावना नभएको, प्रमुख र उपप्रमुखमा तालमेल बन्दै गर्दा वडा तहमा सहमति नहुने जस्ता समस्याहरु देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ । सैद्धान्तिक मतभेद भएको पार्टीका चुनाव चिह्नमा मत दिन पार्टी कार्यकर्ता मात्र नभई शुभेच्छुकलाई समेत गाह्रो भएको र रुख चिह्न बाहेक अरुमा मतदान गराउनु घातक हुनसक्ने जनमत पनि देखिएको प्रतिवेदनमा जनाइएको छ ।

यसका बाबजुद गठबन्धन सफल भएको निर्वाचन परिचालन समितिको ठहर छ । निर्वाचन जित्न कांग्रेसको एकल शक्ति अपुग हुने स्थितिमा गठबन्धन परिणाममुखी हुने भन्दै प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन परिणामले समेत कांग्रेसको प्रतिस्पर्धी पार्टीको मत झण्डै बराबरीको अवस्थामा आउनुले सिट संख्या बढाउन शक्ति सन्तुलनलाई ख्याल गरी गठबन्धन गर्न आवश्यक देखिन्छ ।’ स्थानीय चुनावमा धेरै सिट जितेका कारण अब हुने चुनावमा गठबन्धन प्रभावकारी हुन सक्ने समेत समितिको विश्लेषण छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports