रुन्चे झाक्रीले देखाई वालहठ !
वि.सं.२०७९ असार १७ शुक्रवार १६:११
shares

काठमाडौँ । आफ्ना मन्त्रीहरुको हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय २१ दिनपछि कार्यान्यन भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत समाजवादीले नयाँ मन्त्रीका लागि नाम सिफारिस गरेका व्यक्तिहरुलाई समावेश गरी मन्त्रिपरिषद असार १२ गते पुर्नगठन गरेकी छन् ।
प्रधानमन्त्री देउवाले बजेट राष्ट्रियसभाबाट पारित नभएको भन्दै झुलाएको आरोप समाजवादीका अध्यक्ष माधव नेपाल सहितका अन्य नेताहरुले लगाउदै आएका थिए भने तत्कालीन मन्त्रीहरुले पद छोड्न आनाकानी गरेकैे कारण एकीकृत समाजवादीको निर्णय कार्यान्यन गर्न लामो समय लागेको थियो ।
माधव नेपाललाई पार्टीले गरेको निर्णय कार्यान्यन गर्न र मन्त्रीहरुलाई फिर्ता गराएर नयाँ मन्त्री नियुक्त गर्न निकै कसरत गर्नु परेको थियो । एकीकृत समाजवादीको जेष्ठ २२ मा बसेको सचिवालय बैठकले प्रधानमन्त्री समक्ष नयाँ मन्त्रीहरुको सिफारिस गरेको थियो ।
२०७९÷८० को बजेटमाथि छलफल चलिरहेको बेलासम्बन्धित मन्त्रीले संसदमा जवाफ दिनुपर्ने र जवाफ नदिई हेरफेर गर्न नहुने भन्दै प्रधानमन्त्रीले एकीकृत समाजवादीका निर्णयलाई थाँती राखेका थिए । त्यसवेला समाजवादीका तत्कालीन मन्त्रीहरु आफ्नो पद बचाईराख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री देउवासँग हारगुहार गर्न पुगेका थिए ।
मन्त्री पदमा नियुक्ती भएकै दिन एकद दिन पद जान्छ भन्ने हेक्का राख्न नसकेकै कारण पद गुम्दा रामकुमारी झाक्री रोएकी थिईन् उनलाई मन्त्रालयले विदाई गर्ने क्रममा उनले गहभरि आँसु झारेर आफ्नो वालहठ समेत देखाएकी थिईन् । राजनितिज्ञहरुलाई पद आउने र जाने नियमित प्रकृया भएपनि त्यसलाई सहज रुपमा स्वीकार गर्न नसक्नु र रुनु झाँक्रीको रुन्चेपनवाहेक केही हुन सक्दैन ।





































