कांग्रेसका मन्त्रीहरूले पनि मागे अर्थमन्त्रीको राजिनामा
वि.सं.२०७९ असार २२ बुधवार ०७:३१
shares

काठमाडौं ।करको दर हेरफेरमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माको नेपाली कांग्रेस बाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बसेको क्याविनेट बैठकमा कांग्रेस बाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री शर्मालाई राजीनामा दिन आग्रह गरेका हुन्।

बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको संलग्नता, करको दर हेरफेरमा मुछिएका मन्त्री शर्माको चौतर्फी राजीनामाको माग उठिरहेका बेला मन्त्रिपरिषद्मा समेत राजीनामा दिनुपर्ने कुरा उठेको हो। अर्थमन्त्री शर्माले अनाधिकृत मानिसलाई बजेट बनाउन सहभागी गराएको र उक्त दिनको सीसीटीभी फुटेज माग्दा डिलिट भइसकेको जवाफ दिएपछि चारै तिरबाट विवादमा तानिएका छन् ।





































