विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगको प्रस्ताव, संसदीय चुनाव मंसीर २ वा ५ लाई घोषणा गरौ

546
shares

काठमाडौं ।निर्वाचन आयोगले आगामी मंसिर २ वा ५ गते मध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले  आज बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगका एक निर्वाचन आयुक्तले जानकारी दिए ।

आयोगले आज बुधबार मिति सिफारिस गरे पनि १२० दिन समय राखेर अबको एक साता भित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा हुने आयोगले जनाएको छ ।आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको ती सदस्यले बताए ।

उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा सहितको सरकारको उच्च स्तरीय टोलीलाई आज भेट्ने समय मागेका छौं ।आज भेटेर मंसिर २ वा ५ गते मध्ये एक दिन निर्वाचन गर्नका लागि ५ पन्ना सहितको सिफारिस सरकारलाई बुझाउने तयारी छ ।’

छिटफुट घटना बाहेक पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल भएको निर्वाचन आयोगले संघीय र प्रादेशिक निर्वाचन पनि एकै चरणमा गर्नका लागि सिफारिस गर्न लागेको हो । यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports