प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भाद्र २९ गते सम्ममा सबै शिक्षकले सम्पत्ति बिवरण बुझाउनु पर्ने

819
shares

काठमाडौं ।शिक्षकको राष्ट्रिय किताबखानाले भदौ २९ गतेभित्र शिक्षकलाई सम्पत्ति विवरण पठाउन आग्रह गरेको छु । राष्ट्रिय किताबखाना (शिक्षक) ले सूचना जारी गर्दै साउन १ गते देखि भदौ २९ गतेभित्र राष्ट्रिय किताब खानामा सम्पूर्ण शिक्षकको सम्पत्ति विवरण पठाउन सूचित गरेको हो ।

सूचनामा भनिएको छ ‘प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिन भित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेस गर्नुपर्ने प्रावधान भएकोले त्यस जिल्ला अन्र्तगत सामुदायिक विद्यालयहरुमा कार्यरत रहेका शिक्षकहरुको आ.व. २०७८/०७९ को सम्पत्ति विवरण पठाउने व्यवस्था गर्नु/गराउनु हुन अनुरोध छ ।’

भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धानको ऐन अनुसार प्रत्येक आर्थिक वर्षको समाप्ति पछि सम्पत्ति विवरण पेस गर्नु पर्ने प्रवधान रहेको छ । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको विवरण पठाउने व्यवस्था गर्न गराउन सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको छ ।

शिक्षकको आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण नेपाल नेपाल राजपत्र भाग ५ खण्ड ६० संख्या १ नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयको सूचनामा तोकिएको ढाँचामा सम्पत्ति विवरण फारमभरि विद्यालय वा स्थानीय तहले संकलन गरी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्ने र इकाइले साउन १ गते देखि २९ गतेभित्र राष्ट्रिय किताबखानामा पठाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports