काठमाडौं उपत्यकाको सुरक्षा नेपाल प्रहरीले नै गर्ने
वि.सं.२०७९ असार २३ बिहीवार १३:१८
shares

काठमाडौं । संघीय स्तरमा नै नेपाल प्रहरीको मातहतमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा रहने भएको छ ।
राज्य व्यवस्था समिति बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र सम्बन्ध ऐन–२०६७ लाई संसोधन गर्न बनेको विधेयक समिति वाट पारित भए सँगै काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र माताहत रहने भएको हो ।
‘काठमाडौं उपत्यकाको सुरक्षा नेपाल प्रहरी केन्द्र बाट गरिनेछ भने नेपाल प्रहरीले प्रदेश प्रहरी सँग समन्वय गर्नेछ,’ पारित विधेयकमा भनिएको छ । सो विधेयक संघीय ससंद बाट पारित भई राष्ट्रपति बाट प्रमाणीकरणपछि ऐनको रुपमा कार्यान्वयन हुनेछ ।






























