२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाको तत्काल अमेरिका भ्रमण नहुने

936
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तत्काल नहुने भएको छ । अमेरिका सँग एसपीपी संझौता नगर्ने सरकारको निर्णयका बीच पनि नयाँ नाममा सोही प्रकृतिको सम्झौता हुनसक्ने चर्चा भइरहेको बेला प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण नहुने भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटका क्रममा देउवाले आफ्नो तत्काल अमेरिका भ्रमण नहुने भनेर जानकारी गराएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले तत्काल प्रधानमन्त्री अमेरिका नजाने ब्रिफिङ गरेको एक नेताले बताए ।

‘एसपीपी नगर्ने भनेर निर्णय भइसकेको छ। तर, अर्को नाममा हुने भनेर फेरि मिडियामा चर्चा चलेको छ। हिजो मात्रै प्रम सँग भ्रमण बारे के हो भनेर सोधेको थिएँ । एसपीपी नबढाउने भन्ने त भएको थियो । यसमा साँचो कुरा भनिदिनु पर्यो भन्दा कुनै पनि नाममा केही सम्झौता हुँदैन भनेर विश्वास दिलाउनु भएको छ’, प्रचण्डले भने,‘अमेरिका भ्रमण पनि निश्चित छैन । राष्ट्र संघको साधारण सभाका क्रममा हुनसक्छ । तत्काल भ्रमण सम्भव छैन । भ्रमण स्वीकृत छैन भन्ने छ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports