प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा शोक मनाउने सरकारको निर्णय

598
shares

काठमाडौं ।सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आबेको शुक्रबार मात्र हत्या भएको थियो । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो ।

नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उनको निधनप्रति भोलि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन् ।

‘ पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ देउवले ट्वीटमा लेखेका छन्, ‘उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दु:खद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारजन सँग हाम्रो विचार र प्रार्थना छ ।’

यस्तै ओलीले पनि आबेको निधन प्रति दुख व्यक्त गर्दै ट्वीट गरेका छन्, ‘पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भर्त्सना गर्दछु । आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँले आफ्नो प्रधानमन्त्री हुँदा नेपाल-जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, यस दु:खद घडीमा उहाँको शोक सन्तप्त परिवारमा मेरो विचार र हार्दिक समवेदना छ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports