प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दलहरुको बीचमा सहमति गरेर नयाँ विधेयक ल्याउँछौं : गृहमन्त्री खाण

585
shares

काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाणले तुरुन्तै नागरिकता विधेयक ल्याइने बताएका छन् ।संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ताको प्रस्ताव माथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘दलहरुको बीचमा सहमति गरेर नयाँ विधेयक ल्याउँछौं । नयाँ विधेयक ल्याएर जतिसक्दो छिटो पास गराउने उद्देश्यले सरकारले बिचाराधीन विधेयक फिर्ता लिएको हो ।’

बिचाराधीन विधेयकमा रहेका विवादित विषयहरु कायमै राखेर अगाडि बढाउन भन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा सहज हुने र दलीय सहमति जुटाउन पनि सहज हुने भएकाले सरकारले बिचारधीन नागरिकता विधेयक फिर्ता लिएको उनको प्रष्टीकरण छ ।

पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाले संविधान बनाएको उल्लेख गर्दै उनले संविधान अनुसार कानुन बनाउन भनेर तत्कालीन सरकारले विधेयक ल्याएको भए पनि त्यसलाई अगाडि बढाउन नसकेको, तत्कालीन सरकारले अध्यादेश ल्याएको त्यो पनि केही दिन कार्यान्वयन भएर रोकिएको उल्लेख गर्दै उनले अब फिर्ता लिएर नयाँ ल्याउँदा भने कानुन बन्ने दृढ विश्वास रहेको बताए ।

विचाराधीन विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याउने निर्णय सबै दलका शीर्ष नेताहरुको सहमतिमा गरिएको उनको जिकिर छ । ‘नागरिकताको समस्या सम्बोधन गर्नका लागि नै फिर्ताको प्रस्ताव ल्याएको हो । यस विषयमा शीर्ष नेताहरु सँग गम्भीर संवाद भएको छ’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports