प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्ने न्यायपरिषदको निर्णय

897
shares

काठमाडौं ।न्यायपरिषदले उच्च अदालत, तुलसीपुरको बुटबल इजलासमा कार्यरत न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न कायममूकायम प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।शुक्रबार बसेको न्यायपरिषदको बैठकले बर्खास्तीका लागि सिफारिस गरेकी साह पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन् । २०७५ सालमा न्यायाधीश नियुक्त भएकी साह विरुद्ध कानून व्यवसायमा कुनै अनुभव नभएको भन्ने आरोपमा उजुरी परेको थियो ।

खोजतलास गर्दा उनी सँग हुनुपर्ने आधारभूत योग्यता समेत नभेटिएपछि परिषदले बर्खास्तको सिफारिस गरेको न्यायपरिषदका प्रवक्ता एवं सहसचिव मानबहादुर कार्कीले जानकारी दिएका छन् । उनी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको जोडबलमा नियुक्त भएकी थिइन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीमा कार्यरत रहेकी उनी सँग न्यायाधीशका लागि चाहिने योग्यता नै नपुगेको भेटिएको छ ।

‘संविधानले नै कम्तिमा यति अनुभव हुनुपर्ने भनेर आधारभूत योग्यता तोकेको छ,’ न्यायपरिषदका एक सदस्यले भने, ‘उहाँबारे निकै प्रश्न उठ्यो । पछि खोजतलास गर्दा अनुभव पनि भेटिएन । अनि बर्खास्तको सिफारिस भएको हो ।’ ती सदस्यका अनुसार, न्यायाधीश हुनुअघि उनी कार्यरत सीटीईभीटीले समेत उनको अनुभव नरहेको भनी पत्र पठाइदियो । यसवारे स्पष्ट पार्न र प्रमाण पेश गर्न परिषदले मौका दिएकोमा उनले केही पनि बुझाउन सकिनन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports