प्रदेश संरचना खारेजीको माग गर्दै राप्रपा नेपालले गर्यो बिरोद्ध प्रदर्शन
वि.सं.२०७९ साउन ६ शुक्रवार १५:३४
shares

काठमाडौं ।राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न माग राख्दै संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारीलाई कार्वाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डला देखि नयाँ वानेश्वर सम्म उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।





































