प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बिरोध प्रदर्शन पछि प्रेस युनियनका उम्मेदवारहरुको मनोनयन शुल्क घटाइयो

741
shares

काठमाडौं–नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारका लागि तोकिएको मनोनयन दस्तुर घटाइएको छ। उम्मेदवारी शुल्क महँगो भएको भन्दै युनियन निकट पत्रकारहरुले महाधिवेशन स्थलमा नाराबाजी गरेपछि घटाइएको हो।

रकम बढी भएको भन्दै प्रतिनिधि र उम्मेदवारहरूले विरोध जनाएपछि घटाएको निर्वाचन समितिले जनाएको छ। नयाँ दस्तुरअनुसार अब अध्यक्षका उम्मेदवारले मनोनयन दर्ता गर्दा २० हजार रूपैँया दाखिला गर्नुपर्ने छ। यसअघि अध्यक्षको शुल्क ३० हजार थियो। त्यसैगरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सचिव तथा केन्द्रीय लेखा समिति संयोजकको दर्ता शुल्क पनि घटाएर जनही १० हजार रूपैँयामा झारिएको छ।

यसअघि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवको २५ हजार तथा सचिव, कोषाध्यक्ष तथा केन्द्रीय लेखा समिति संयोजकका लागि २० हजार तोकिएको थियो। केन्द्रीय सदस्यको उम्मेदवारका लागि १५ हजार बाट ५ हजारमा शुल्क झारिएको छ। लेखा समिति सदस्यले पनि ५ हजार बुझाउनुपर्ने भएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports