प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बजेट राष्ट्रको हितमा रहेको छ : जनार्दन शर्मा

689
shares

काठमाडौं ।निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई बोलाएर करका दर हेरफेर गरेको भन्ने आरोप संसदीय समितिले गरेको छानबिन बाट पुष्टि हुन सकेन ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरिएको भन्ने आरोप लागेपछि उनले छानबिनलाई सघाउन भन्दै राजीनामा दिएका थिए । उनले आफू माथि लगाइएका आरोप मित्थ्या भन्दै पहिल्यै खण्डन गरेका थिए । हुन पनि १७ दिन लगाएर गरिएको संसदीय छानबिन विशेष समितिले पनि आरोप पुष्टि गर्न सकेन ।

छानबिन प्रतिवेदन तयार पार्ने क्रममा समितिले शर्मा सँग सोधपुछ समेत गरेको थियो । शुक्रबार सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा समितिका सदस्यका प्रश्न र शर्माले दिएका उत्तर जस्ताको त्यस्तै समावेश छ । सुरुमा बजेट निर्माणको प्रक्रियागत कुराहरु बारे भनेका शर्माले सरोकारवाला र जनस्तर सम्म पनि छलफल गरेर बजेट तयार पारिएको भन्दै आफूले तयार पारेको बजेट राष्ट्रको हितमा रहेको दाबी गरेका छन् । त्यसको परिणाम देखिंदै जाने उनको ठोकुवा छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports