kumari
stcnepal

कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत क्षेत्री विरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्री विरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बुढा क्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राही सँग ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा १ साउनमा पक्राउ गरिएको अख्तियारको दाबी छ ।

अनुसन्धानको सिलसिलामा उनले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राही सँग घुस माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएको र ३० हजार साथ बाट बरामद भएको पुष्टि भएकाले ४४ हजार रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

footer