kumari
stcnepal

बीमा विधेयक–२०७९ पारित

काठमाडौं ।संघीय संसद प्रतिनिधि सभाको बैंठकले बीमा विधेयक–२०७९ पारित गरेको छ । आइतबारको प्रतिनिधिसभा बैंठक बाट बीमा विधेयक–२०७९ बहुमतले पारित भएको हो । २७ असार २०७५ मा संसदमो पेश भएको विधेयक ४ वर्षपछि पारित भएको हो ।

प्रतिनिधिसभा बैंठकमा प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले पेश गरेको विधेयकको संशोधन प्रस्ताव सहितको प्रतिवेदन पनि पारित गरेको छ । संसदमा विधेयकको संशोधन प्रस्तावमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा ऐन–२०७४ को कुनै पनि व्यवस्थालाई हस्तक्षेप नगरेको बताए ।

यस्तै उनले ग्रामीण क्षेत्रम बीमा पहुँच विस्तार गर्न ऐनले लघुबीमा कम्पनी खोल्ने परिकल्पना पनि गरेको बताए ।

footer