अब संसदीय चुनावमा सम्पति बिवरण बुझाएपछि मात्र उम्मेदवार दिन पाईने
वि.सं.२०७९ साउन २९ आइतवार १४:३७
shares

काठमाडौं ।निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ । आइतबार आयोगले विभिन्न मिडियाका सम्पादकहरू सँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने बताए ।

































