kumari
stcnepal

दुई पक्षीय सम्बन्ध विस्तार गर्न किम जोङ उनलाई पुटिनको पत्र

काठमाडौं ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई दुई देशले ‘साझा प्रयास बाट व्यापक र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने’ बताएको प्योङयाङको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उत्तर कोरियाको मुक्ति दिवसको अवसरमा किमलाई लेखेको पत्रमा पुटिनले घनिष्ठ सम्बन्ध दुवै देशको हितमा हुने र कोरियाली प्राय द्वीप र उत्तरपूर्वी एसियाली क्षेत्रको सुरक्षा र स्थिरतालाई सुदृढ गर्न मद्दत गर्ने विषय उल्लेख गरेको उत्तर कोरियाको केसीएनए समाचार एजेन्सीले जनाएको छ।एजेन्सी

footer