२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपतिको नागरिकता बिधेयक फिर्ता पठाउने निर्णयको राप्रपा नेपालद्वारा स्वागत

754
shares

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।

‘विभेदकारी र राष्ट्रहित विपरीतको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वाभाविक छ । राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् । विधेयक फिर्ता गरेको विषयलाई संघीय संसदले हठ गर्न नहुने भन्दै थापाले सो विषयको निर्णय गर्ने अधिकार नयाँ जनादेशयुक्त संसदलाई दिनुपर्ने बताएका छन् ।

‘अब संसदले हठ प्रदर्शन नगरोस्, ढिलो गर्ने काम सरकारले गरेको हो । अब यो विषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ ’, उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports