सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ड्रिम हाई नेपालले मिडिया अवार्ड गर्ने

572
shares

काठमाडौ ।
बिभिन्न ठुला इभेन्ट गर्दै आईरहेका ड्रिमहाई नेपालले ‘मिडिया अवार्ड’ गर्ने भएको छ । नेपालको मिडिया क्षेत्रमा देखिइरहेका उत्तावचडावलाई मुल्यांकन गरि राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले मिडियाका विविध स्वरुप र विधालाई समेटेर ‘नेपाल मिडिया अवार्ड २०७८’ कार्यक्रम गर्न लागिएको संस्थाले जनाएकोे छ । रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधालाई समेटी गरिने अवार्ड ‘सेलिब्रेटिङ्ग विथ चेन्जमेकर्स’ थिमका साथ कार्यक्रम हुन लागेको आयोजक ड्रिमहाई नेपालका अध्यक्ष कमल जिसीले जानकारी गराएका छन् ।
सञ्चारमाध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाहरूको सूची तयार गरी मनोनयन सार्वजनिक गर्ने जिसीको भनाइ छ । यसरी मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता वा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल््यांकन गरी विजेताको घोषणा गरिने आयोजकको भनाइ छ । नेपालमा मिडिया क्षेत्रलाई समेटेर पहिलोपटक अवार्ड हुन लागेको उनको भनाई छ । सन् २०१८ मा स्थापना भएको ड्रिम हाई नेपालले यस अघि नेपथ्य कन्सर्ट, अनमोल इभेन्ट लगायत केही समय पहिले ‘नेफ्टा’ अवार्ड आयोजना गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports