२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल चलचित्र कलाकार संघद्धारा प्रधानमन्त्री राहत उद्धार कोषमा ५ लाख सहयोग

650
shares

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा संघका अध्यक्ष उत्तम केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई शुक्रबार उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा संघकी उपाध्यक्ष पुजना प्रधान, महासचिव सुनिल कटुवाल, सहकोषाध्यक्ष पवन केसी, सदस्यहरू इन्द्र दोङ खम्बे, नवीनकुमार श्रेष्ठ, मोनिका दाहाल र संगम राई (लब्ली)का साथै चलचित्रकर्मीद्वय पुकार भट्टराई र लव प्याकुरेलको उपस्थिति रहेको थियो ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि कलाकारहरूबाट संकलन गरी कोषमा रकम जम्मा गरिएको संघले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports