२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरोनाको संख्या वढ्दो, स्वास्थ्य मापदण्ड उल्लघन

949
shares

काठमाडौ । उपत्यकाको तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुले कोरोनाको निषेधाज्ञाचाहि थप गदै लाने तर अुगमन नगर्ने भएकोले कोरोना संक्रमतको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
तिन जिल्लाको सिडियोहरुको संयुक्त बैठकले पुन एक साताको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको छ । निषेधाज्ञा चाहि थप्दे लाने । तर निषेधाज्ञाको पालना भएको छ कि छैन् भनेर अनृुमन चाहि कुनैपनि निकायले नगर्ने । सरकारले गरेको निर्णय अनुसार अहिले कुनै पनि प्रकारको सभा, गोष्ठी र सेमिनारहरु सञ्चालन गर्न पाइने छैन् । दोहोरी साँझ, नाँचघर, रंगशाला, स्विमिड. पृुल, सग्रहालयहरु सञ्चालन गर्नमा सरकारले रोक लगाएको छ । लामो रोडको सवारी साधन पनि सञ्चालनमा आएको छ । त्यससंगै छोटो रोडमा चल्ने सवारी साधनले आफ्नो सिट क्षमता भन्दा बढी यात्रु राख्न पाउदैन् ।
तर उपत्यकाभित्र सञ्चालनमा रहेको सवारी साधनले व्यापक रुपमा यात्रु राखेको देखिन्छ । सार्वजनिक सवारी सञ्चालनको लागि सरकारले विभिन्न स्वास्थ्य मापदण्डहरु अपनाएका छन् । जस्तैः चालक र सहचालकको मुखमा अनिवार्य मास्क हुनुपर्ने । चालक र स्वचालकको हातमा पञ्जा अनिवार्य रुपमा लगाउनै पर्ने । गाडी दैनिक डिसइन्फेन्ट गनुपर्ने । मास्क नलगाएका यात्रृहरुलाई गाडीमा चढ्न नदिने । गाडीको ढोकामा स्यानिटाइजर झुन्डाइएको हुनुपर्ने । सार्वजनिक सवारी साधनमा कोचाकोच रुपमा यात्रु हाल्न नपाउने भनेर यातायात व्यवस्था विभागले यातायात ब्यवसायीहरुलाई निर्देशन दिएको छ । तर पनि चालक, सहचालकहरुले भेडाबाख्रा कोचेझैं गरेर यात्रुहरु सवारीमा कोचिरहेको छ ।
आमसर्वसाधारणको हितमा पनि सरकारले विभिन्न मापदण्डहरु अपनाइएको छ । सर्वसाधारणहरले दुई मिटरको भौतिक दुरी अनिवार्य रुपमा पालना गर्नुपर्ने छ । पटक पटक हात धुने, मास्क नलगाइकन घर बाहिर नजाने, स्यानिटाइजरको प्रयोग । भीडभाड भएको स्थानबाट आफुलाई टाढा राख्ने । सर्वसाधारणहरुले पालना गर्नुपर्ने यी अनिवार्य सर्तहरु हुन् । सरकारले रेष्टुरेन्ट तथा फास्टफुडहरुलाई टेकअवे र होम डेलिभरीको व्यवस्था मिलाएको छ । तरपनि लुकाछिपी रुपमा रेष्टुरेन्ट तथा फास्टफुडहरुले भित्र छिराएर पनि खाजा खुवाइरहेको छन् ।
अझै कत्ति क्याफे, रेष्टुरेन्ट तथा फास्टफुड पसलले महिनैपिच्छे प्रहरीहरुलाई नजराना दिने गरेको हुनाले पनि प्रहरीले कारबाही नगरेको सुन्नमा आएको छ । उपत्यकाको सिडियोहरुको अनुसार बिहान सातबजेदेखि बेलुका सात बजेसम्म मात्र खाधान्न पसलहरु सञ्चालन गर्न दिने निर्देशन दिएको छ । खाधान्न पसलहरुको त कुरै छोड्देऔ मदिरा पसलहरु पनि राति दश बजेसम्म सञ्चालनमा आएको छ । यसरी सरकारले बनाएको स्वास्थ्य मापदण्डहरु उल्लघंन गर्दा कोरोनाले विकराल रुप लिइरहेको छ ।
अहिलेको स्थितिलाई हेर्ने हो भने सरकारले फेरि लकडाउन गर्नुपर्छ भन्ने जनगुनासो आइरहेको छ । सम्पुर्ण ब्यवसायीहरुले सरकारले गरेको स्वास्थ्य मापदण्डमध्ये कुनै पनि पालना गरेको छैनन् । राजनितिक दलहरु पनि उधोग ब्यवसायीहरुको फरियामा डुबेको छन् । जसले गर्दा देश डुबेको कुनै पनि पार्टीको दलहरुले देखेको छैनन् ।
केही दिन यता कोरोना संक्रमितको चाप बढेको कारणले निजी तथा सरकारी अस्पतालहरुमा बेड पाउनै मुश्किल भइसकेको छ । सरकारले उधोग व्यवसायीहरुको पक्षमा मात्र निर्णय गरेको छ । यसले गर्दा सरकारले नै सर्वसाधारणको बाच्ने अधिकारमाथि ताला लगाइदिएको छ । सरकारले निषेधाज्ञा भन्दे यसरी नै छाडा छोडिदिने हो भने केही दिनपछि अस्पतालमा अक्सिजन पनि पाइदैन् भन्ने जनगुनासो बढिरहेको छ । जनताहरुको भनाइअनुससार नेपाल सरकारलाई जनताभन्दा राजस्व ठुलो भएको छ । नेताहरुलाई चाहि ज्वरो मात्र आयो भने उपचार गर्न देशविदेश धाउनुपर्ने । अनि हामी सर्वसाधारणहरुलाई चाहि कोरोनाले च्याप्दा अक्सिजनसमेत छैन् । जनताले तिरेको करबाट राजनितिक दलहरुको आवश्यकता परिपुर्ति गर्दै ठिक्क, अनि हाम्रो दुःख कष्ट चाहि नदेख्ने भन्दे नेपाली जनताहरु राजनितिकप्रति निकै नै आक्रोशित छन् ।

अझै पनि कत्ति कोरोना संक्रमितहरु उपचार नपाएर छट्पटाइरहेको छन् । कोरोनाले यस्तो भयानक रुप लिएको छ । सरकारले अब लकडाउन गर्छ होला भनेर धेरैले सोचेको थिए । तर पनि तिन जिल्लाका सिडियोहरुले जनताले सोचेअनुरुप काम गर्न सकेनन् । कोरोना संक्रमण दर कम गर्नको लागि सरकारले पनि कुनै ठोस कदम उठाउन सकेको छैन् । सरकारले उधोग ब्यवसायीहरुसंग आर्थिक लेनदेन गरेको कारणले पनि सर्वसाधारणको हितमा कुनै काम नगरेको भनि जनताले सरकारमाथि आरोप लगाएका छन् । संविधानले त कसैको बाच्ँने अधिकार हनन गर्न पाउने हक कसैलाई पनि दिएको छैन् । तर सरकारले नै उधोगब्यवसायीहरुसंग मिलेर जनताको बाच्ने अधिकारमाथि ताला लगाइरहेको छ ।
नेपालमा दैनिकजसो विभिन्न नाकाबाट हजारौँ मान्छे कोरोना परीक्षण नै नगरिकन उपत्यका छिरिरहेको छन् । नाकाहरुमा कोरोनाको परीक्षण हुन नसकदा पनि बाहिरी मुलुकबाट फर्केकाहरुले पनि कोरोना फैलाइरहेको छन् । प्रत्येक दिन कोरोना बढिरहेको छ तर सरकारको कुनै पनि निकायलाई यसको मतलब छैन् । अहिले विकास होइन्, जनता कसी बचाउने बारे सरकारले सोच्नुपर्छ । हाल सत्तामा बसेको सरकारलाई नेपाली जनता मरुन् कि बाचुन् कुनै पनि चिन्ता छैन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports