यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपाल र नेपाली जनताको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘मिस वर्ल्ड २०२६’ को उपाधि डोमिनिकन रिपब्लिककी जोहेइरी मोलालाई

390
shares

डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले ‘मिस वर्ल्ड २०२६ को उपाधि जितेकी छन् ।

२४ वर्षीया मोला शनिबार साँझ भियतनामको न्हा ट्राङमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विजेता बनेकी हुन् । उनले प्रतियोगितामा सहभागी १११ प्रतिस्पर्धीलाई पछि पार्दै ताज जितिन् । यो डोमिनिकन रिपब्लिकका लागि दोस्रो मिस वर्ल्ड उपाधि हो ।

प्रतियोगितामा स्पेनकी एलिजाबेथ रेयनेस अलाबर्न पहिलो रनरअप बनिन् । मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप बनिन् भने उनले ‘ब्युटी विथ अ पर्पस’ प्रतियोगिताको उपाधिसमेत जितिन् । इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिकाका प्रतियोगी अन्तिम ६ मा पुगेका थिए । मिस वर्ल्ड अर्गनाइजेसनकी सीईओ जुलिया मोर्लीले शनिबार विजेता तथा रनरअपहरूको घोषणा गरेकी थिइन् ।

भियतनामको न्हा ट्राङमा आयोजित कार्यक्रम हानोई समयअनुसार राति करिब ९ बजे सुरु भएको थियो । यो पश्चिम अफ्रिकी समयअनुसार दिउँसो २ बजे हो । गत वर्षकी विजेता ओपल सुचाताले ७३औँ मिस वल्र्ड विजेता जोहेइरी मोलालाई ताज पहिर्‍याइदिइन् । मिस वर्ल्ड प्रतियोगिताले आफ्नो ७५औँ वार्षिकोत्सव मनाइरहँदा भियतनाममा ७३औँ संस्करण आयोजना गरिएको हो । १११ प्रतिस्पर्धीसहित अगस्ट ८, २०२६ मा सुरु भएको प्रतियोगिता सेप्टेम्बर ५, २०२६ मा सम्पन्न भयो ।

प्युर्टो रिकोका मिस्टर वर्ल्ड २०२४ ड्यानियल मेहिया र मिस वल्र्ड २०१६ स्टेफनी डेल भ्यालेले कार्यक्रम सञ्चालन गरेका थिए । नाइजेरियाकी २६ वर्षीया करिबी जर्जले प्रतियोगिताका क्रममा अफ्रिका महादेशतर्फ ‘टप मोडल’ प्रतियोगितासमेत जितेकी थिइन् । दक्षिण अफ्रिकाकी रोमान्डा होम्बिर अफ्रिकाको महादेशीय विजेता बनिन् ।

प्रतियोगिताको सुरुवात १११ देशका प्रतिस्पर्धीले इभिनिङ गाउन लगाएर गरेका थिए । त्यसपछि उनीहरू भियतनामी ‘आओ दाइ’ शैलीका पोसाकमा प्रस्तुत भए । त्यसलगत्तै आयोजकले शीर्ष ४० प्रतिस्पर्धीको घोषणा गरेका थिए । शीर्ष ४० को सूचीमा टप मोडल, ब्युटी विथ अ पर्पस, ट्यालेन्ट, स्पोट्र्स, पिपुल्स च्वाइस अवार्ड र निर्णायकको छनोटबाट आएका विजेताहरू समावेश थिए । ७४औँ मिस वल्र्ड प्रतियोगिता तान्जानियामा आयोजना हुनेछ ।

सान्तो डोमिङ्गोकी २४ वर्षीया जोहेइरी मोला शिक्षिका, पत्रकार तथा सामुदायिक अभियन्ता हुन् । उनले युनिभर्सिडाड इबेरो अमेरिकानाबाट बिजनेस म्यानेजमेन्ट एन्ड एडमिनिस्ट्रेसनमा स्नातक गरेकी छन् । मोलाले आफ्नो समुदायका बालबालिका तथा युवालाई अंग्रेजी शिक्षासम्बन्धी ज्ञान विस्तार गर्न सहयोग गर्ने उद्देश्यले ‘भ्वाइसेस अफ टुमरो’ नामक सामाजिक पहल स्थापना गरेकी छन् । यस परियोजनाको उद्देश्य युवालाई थप अवसर, आत्मविश्वास र भविष्यका लागि आवश्यक साधनमा पहुँच दिलाउनु हो ।

सन् २०२५ मा मिस वर्ल्ड डोमिनिकन रिपब्लिकको उपाधि जित्दा उनले डिस्ट्रिटो नासियोनलको प्रतिनिधित्व गरेकी थिइन् । मोलाले अमेरिका तथा क्यारेबियन क्षेत्रतर्फ ‘टप मोडल’ प्रतियोगितासमेत जितेकी थिइन् । त्यसबाट मिस वर्ल्ड २०२६ को फाइनलमा शीर्ष ४० मा स्थान बनाएकी उनले अन्ततः मुख्य उपाधि नै जितिन् । शिक्षा मोलाको कामको प्रमुख क्षेत्र हो । उनी विद्यालयमा साहित्य र सामाजिक अध्ययन पढाउँछिन् । उनी बालबालिकालाई सहयोग गर्ने सामुदायिक कार्यक्रमहरूमा पनि संलग्न छिन् ।

मार्च २०२६ मा उनले युनिभिजनका लागि लाइभ रिपोर्टरका रूपमा काम गरेकी थिइन् । मे २०२६ मा डोमिनिकन रिपब्लिकका लागि आयोजित युनिसेफ टेलिथनका क्रममा बालबालिकालाई सहयोग गर्ने कार्यक्रमका लागि २४.७५२ मिलियन अमेरिकी डलर जुटाउने अभियान प्रवद्र्धन गर्न पनि उनले सहयोग गरेकी थिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports