प्रचण्ड सहितका नेताहरु शीतल निवासमा
वि.सं.२०७९ भदौ १५ बुधवार १५:२३
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शीतल निवास पुगेका हुन् । नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरुहरुसँग छलफल गरिरहेकी छिन् ।
यसक्रममा आज माओवादी नेताहरु सँग छलफल हुन लागेको छ ।यसअघि भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् ।




































