kumari
stcnepal

कुलमान घिसिङ, बिजुली हाकिम पिसिङ

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी हितेन्द्र देव शाक्यलाई ठाडै राजीनामा मागियो । किन ?गलत काम गरेको भए कारवाही हुनुपर्छ । कुलमान घिसिङ्लाई जिम्मेवारी दिनका लागि ठाडै राजीनामा मागिनु हुकुमी शासन भयो कि लोकतान्त्रिक ?हो, कुलमान घिसिङले राम्रो काम गरेर लोडसेडिङ मुक्त बनाए । उनी प्रशंसाका पात्र छन् । उनैलाई ल्याउनु पर्ने भए तरिका मिलाएर ल्याउनु पर्छ, जिम्मेवारी दिनुपर्छ । सक्षमलाई जिम्मेवारी दिनैपर्छ । यसको अर्थ कुनै कर्मचारीलाई अपहेलित गरेर राजीनामा दे भन्नु कसरी उचित हुनसक्छ ?कुलमानले नतिजा ल्याए । जनताको मन जिते । उनलाई विजुली नै किन, नेपाल एयरलाइन्सको लथालिङ्ग ठिक पार्न पठाए हुन्न र ? उनलाई विद्युतमै ल्याउनुपर्ने भए विद्युतका शाक्यलाई इज्जतका साथ अर्को जिम्मेवारी दिन सकिन्छ । उनले गलत गरेको भए दण्डित गरिनुपर्छ । प्रधानमन्त्रीले उर्जामन्त्रीलाई आदेश दिएछन्– कुलमानलाई विद्युत प्राधिकरणको जिम्मेवारी दिनु प्रजातान्त्रिक प्रधानमन्त्रीले फर्मान जारी गर्ने हो यसरी ?
मुख्य कुरो के हो भने हरेक सक्षमलाई जिम्मेवारी दिनुपर्छ । हाम्रालाई होइन राम्रालाई जिम्मेवारी दिनुपर्छ । तर तरिका मिलाएर । बकस दिने शैलीमा होइन । खुलेआम टीभी समाचार मै आउने गरी हुकुम दिएको सुहाएन है ।

footer