निर्वाचनको मुखमा यि एआईजीहरूले पाउदैछन अनिवार्य अवकाश
वि.सं.२०७९ भदौ १५ बुधवार १६:५२
shares

काठमाडौं ।आगामी मंसिर ४ गते तोकिएको संघीय एवम् प्रदेश निर्वाचनमा सुरक्षाका लागि फ्रन्ट लाइनमा खटिने नेपाल प्रहरीका अधिकांश उच्च प्रहरी अधिकारीले त्यतिबेला सम्म अनिवार्य अवकाश पाउने भएका छन् । नेपाल प्रहरीका एक एआईजी विश्वराज पोखरेलले आफू आईजीमा बढुवा नभएपछि दिएको राजीनामा स्वीकृत नभए पनि उनले अनिवार्य अवकाश पाइसकेका छन् ।
त्यसैगरी, हाल तालिम केन्द्रको प्रमुख रहेका एआईजी मुकुन्द आचार्यले एक सातापछि अर्थात् भदौ २२ गते अनिवार्य अवकाश पाउने छन् भने हाल कार्य विभागको प्रमुख रहेका एआईजी दिवेश लोहोनीले अर्को महिना अर्थात् असोज १८ गते अवकाश पाउनेमा दशैं बिदा परेकाले असोजको १४ गते नै अनिवार्य अवकाशको पत्र बुझ्ने छन् ।
त्यस्तै, हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईवीको जिम्मेवारी पाएका अर्का एआईजी उत्तमराज सुवेदीले कार्तिक ६ गते अनिवार्य अवकाश पाउने छन भने प्रशासन विभाग प्रमुख रहेका एआईजी अरुण विसीले कार्तिक १४ गते र रविन्द्र धानुकले कार्तिक २४ गते अवकाश पाउने छन् । धन्न निर्वाचनको कमाण्ड प्राप्त एआईजी सहकुल थापाले भने आईजीपी धीरजप्रताप सिंहसँगै अवकाश पाउने छन् ।
यहीबीच, उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी रविन्द्र धानुकले व्यापारीलाई रोजीरोजी कार्यालयमा बोलाउन थालेकाे समाचार छ । अवकाशको दिनगन्ती सुरु हुदै गर्दा कार्यालयमै व्यापारी बोलाएर कुराकानी गर्नुको कारण के हुन सक्छ ? स्वयम् प्रहरी नै प्रश्न गर्न थालेका छन् । स्मरणीय छ, यसअघि काठमाडौं एसएसपीको जिम्मेवारीमा रहँदा पनि तत्कालिन एसएसपी धानुकले यसै गरी व्यापारी बोलाएर भेट्ने र डिमाण्ड गर्ने गरेको चर्चा चलेको थियो ।




































