kumari
stcnepal

६ तल्ला माथि बाट खस्दा बुद्धनगरमा दुई बाल-बालिकाको निधन

काठमाडौं । काठमाडौंको बुद्धनगर स्थित एक घरमा ६ तला माथि बाट खस्दा दुई जनाको निधन भएको छ । अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको निधन भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

घर बाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरुलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । तर उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले छत बाट हामफालेको हुनसक्ने बताइएको छ ।विस्तृत अनुसन्धान थालिएको छ ।

footer