सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिटबाडँफामा खासै समस्या छैन रे दाहालका कुरा छिनछिनमै फेरिदै

494
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा बाहिर आए जस्तो सीट बाँडफाँटमा विवाद नभएको बताएका छन् । पार्टी सम्पर्क समन्वय प्रदेशको बैठकलाई केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै प्रचण्डले सीट बाँडफाँटमा धेरै ठुलो विवाद नभएकाले यहीँ गठबन्धनलाई बलियो गरेर जाने प्रष्ट पारेका छन् ।

तपाईहरुले बाहिर जे सुन्नुभएको छ । सीट बाँडफाँटमा समस्या भयो । यस्तो भयो उस्तो भयो । त्यस्तो कुनै ठुलो विवाद छैन । यो गठबन्धन चुनाव सम्म जान्छ’ बैठकका सहभागी एक नेताले भने, ‘सीट बाँडफाँटका विषयमा शीर्ष नेताहरु बसेर छलफल गरेमा समाधान हुन्छ । तपाईहरु दुविधामा नपर्नुहोला ।’

सत्ता गठबन्धन बाट बाहिर जाने विषयमा पार्टीले सोच्दै नसोचिएको प्रचण्डले प्रष्ट पारेका छन् । प्रदेश समन्वय समितिले प्रदेश र संघमा नाम सिफारिस गर्दा समानुपातिक समावेशीका आधारमा योग्य, सक्षम र चुनाव जित्न सक्ने नाम सिफारिस गर्न प्रचण्डले आग्रह गरेका छन् ।

विगतको स्थानीय चुनावमा सम्पर्क समन्वय समितिले महत्वूर्ण भूमिका खेलेको चर्चा गर्दै प्रचण्डले प्रदेश र संघमा समेत भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले पार्टी कमिटीलाई सक्रिय बनाउन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports