प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनताको विश्वास जितेर अघि बढ्ने देउवाको भनाई

481
shares

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास जितेर अघि बढ्ने धारणा गरेकां छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको अवसरमा शुभकामना सन्देश दिंदै देउवाले आफ््नो धरणा राखेका हुन् ।

‘कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको छ,’ देउवाले भनेका छन्, ‘म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने धारणा गर्दछु भनेका छन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो भन्दै देउवाले लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धा मार्फत वडा अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् ।

१४ औं महाधिवेशन मार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिएको बताउँदै देउवाले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘बलियो कांग्रेस, समृद्ध देश भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports